आइएमई नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा

काठमाडौं । आइएमईको मुख्य प्रायोजनमा चाहना मिडिया प्रालिद्वारा उत्पादित नेपालको सबैभन्दा ठूलो रियालिटी शो आइएमई नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ ।

 

यस रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ । आफ्नै मौलिक संगीतलाई अन्र्तराष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैयाँ लागत रहेको छ ।

 

७ प्रदेशका मुख्य सहरहरु धनगढी , सुर्खेत , बुटवल , जनकपुर , इटहरी , पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा हरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए । छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिशन प्रवेश गरे, यीनै प्रतिस्पर्धी मध्येबाट निर्णायकहरुले २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए ।

 

एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरी टप १६ छनोट भएका थिए , एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए । एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रह्यो । भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन् ।

टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धीहरु  विनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पविन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा) , रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही ), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) रहेका छन् ।

 

प्रत्येक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे एपी वान एचडी र डिशहोम रमाइलोमा प्रसारण भइरहेको लोक स्टारको प्रथम पुरस्कार ५० लाख रुपैयाँ, द्वित्तीय २५ लाख र तृत्तीय पुरस्कार १० लाख रुपैयाँ रहेको छ । साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ ।

 

कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बी.बी. अनुरागी रहेका छन् । डिशहोमको अशोसिएसन , सगरमाथा सिमेन्टद्वारा संचालित , लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित यस कार्यक्रमका भोटिङ पार्टनर आइएमई पे र ब्यान्किङ पार्टनर कृषि विकास बैंक रहेका छन् ।

 

यस कार्यक्रमका इन्सोरेन्स पार्टनर सिटीजन लाईफ इन्सोरेन्स , होटल पार्टनर होटल काठमाडौं इन् , ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी रहेका छन र प्रमोशन तथा बजार व्यवस्थापनका लागि एड प्याड प्रालि आधिकारिक एजेन्सी रहेको छ ।

ग्रेटवालको झल्को दिने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै Read Previous

ग्रेटवालको झल्को दिने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

अन्यदेशले फालेका प्रविधि ल्याएर हाम्रो सेयर बजार सुधार हुँदैन Read Next

अन्यदेशले फालेका प्रविधि ल्याएर हाम्रो सेयर बजार सुधार हुँदैन