३ महिनापछि मन्त्रिमण्डलले पायो पूर्णता, को कुन मन्त्री बने ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । आफू प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।

 

आज देउवाले थप १८ मन्त्री थप्दै मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् । देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। २५ सदस्यी मन्त्रिपरिषद्मा प्रधानमन्त्री, २१ मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।

 

देउवाले सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर आज मन्त्रिपरिषद् बनाएका हुन् ।

 

मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएका छन् ।

 

नव नियुक्त मन्त्रीहरुलाई आजै पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको जनाइएको छ ।

शपिङ मलको दशैं अफर : ५०% सम्म छुट, बम्परमा मोटरसाइकलदेखि टूर प्याकेज, कुनको कस्तो अफर ? Read Previous

शपिङ मलको दशैं अफर : ५०% सम्म छुट, बम्परमा मोटरसाइकलदेखि टूर प्याकेज, कुनको कस्तो अफर ?

दाङ र हेटौंडाबाट आइपुगे दशैंका खसीबोका, प्रतिकिलो मूल्य कति ? (फोटोफिचर) Read Next

दाङ र हेटौंडाबाट आइपुगे दशैंका खसीबोका, प्रतिकिलो मूल्य कति ? (फोटोफिचर)