काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको अवधि एक साता थपगर्दै १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ । थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो बनाइएको छ ।
बेलुका ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारीसाधन चलाउन पाउने व्यवस्था गरिएको थियो । यसअघि बेलुका ८ बजेपछि अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको थियो ।
यस्तै, बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका कार्यक्रम गर्न पाउने निर्णय गरेको छ ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद लगायत कार्यक्रम गर्न नपाइने उल्लेख गरिएको छ ।
के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?