काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा थप, यी काम गर्न नपाइने (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ दिन निषेधाज्ञा थप गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन २७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

 

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि भोलि राति १२ बजेदेखि सकिँदैछ । काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।

 

निषेधाज्ञाको नियम भने हालकै कायम गरिएको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

 

यस्तै, विभिन्न प्रकारका सभा, सम्मेलन गर्न, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन पाइने छैन् ।

 

विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नर गराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन-पाठन गर्न नपाउने उललेख गरिएको छ ।

के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

 

काठमाडौंमा भूमाफियाले हडपेको सार्वजनिक जग्गामा उद्यान बनाइँदै Read Previous

काठमाडौंमा भूमाफियाले हडपेको सार्वजनिक जग्गामा उद्यान बनाइँदै

छिमेक लघुवित्तको कमाल, खुद नाफा मात्रै १.२१ अर्ब, प्रतिसेयर आम्दानी कति ? Read Next

छिमेक लघुवित्तको कमाल, खुद नाफा मात्रै १.२१ अर्ब, प्रतिसेयर आम्दानी कति ?