आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन शुरु, काठमाडौंका यी ३२ स्थानमा लगाइन्छ खोप

काठमाडौं । आजदेखि काठमाडौंमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका दोस्रो डाज लगाउन लागिएको हो ।

 

भेरोसेलको दोस्रो डोज लगाउन काठमाडौंका सबैला स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा २/२ वटा गरी ३२ स्थानमा खोप केन्द्र तोकेको हो ।

 

काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो ।

 

खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको कामपाले जानाएको छ ।

 

कामपाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउन पर्नेछ । त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ । पहिलो मात्र लगाउने बेला कामपाले ३२ वटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो । भीड कम गर्नका लागि भन्दै प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाएको थियो ।

 

त्यसैगरी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार कामपासहित जेठ २ गतेदेखि काठमाडौँ जिल्लामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए । त्यसैगरी आजदेखि लागाइने खोपका लागि काठमाडौँ जिल्लाका लागि अन्य स्थानीय तहले पनि १९ वटा खोप केन्द्र तय गरेका छन् ।

 

यी हुन् खोप केन्द्रहरु

 

अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोतबाट पास गर्न मिल्ने Read Previous

अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोतबाट पास गर्न मिल्ने

नारायणगढ-मुग्लिन सडकमा पहिरै पहिरो, एउटा पन्छाइ नसक्दै अर्कोले बाटो बन्द Read Next

नारायणगढ-मुग्लिन सडकमा पहिरै पहिरो, एउटा पन्छाइ नसक्दै अर्कोले बाटो बन्द