काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै हालसम्म खोप नलगाएका १८ वर्ष माथिका व्यक्तिहरुलाई अनलाइन फारम भर्न अनुरोध गरेको हो ।
बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै मन्त्रालयले सबै नागरिकलाई खोप लगाउने योजना अनुसार इच्छुक व्यक्तिहरुको तथ्यांक संकलन गर्न अनलाइन फाम भर्ने व्यवस्था गरेको हो । मन्त्रालयले यसअघि फ्रन्टलाइनर कर्मचारी र केही उमेर समूहका व्यक्तिलाई खोप लगाइसकेको छ ।
योजना तथा व्यवस्थापन गर्नका लागि सहज फारम भर्न आग्रह गरेकोले भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।
खोप लगाउन चाहने व्यक्तिले स्वैच्छिक दर्ता फारम मन्त्रालयको वेबसाइट (फारम भर्न यहाँ क्लिक गर्नुहोस्) बाट भर्न सकिने व्यवस्था गरिएको छ ।
कोरोना महामारी विरुद्धको खोप लगाउनको लागि इच्छुक व्यक्तिले फारममा पूरा नाम, ठेगाना, जन्म मिति, पेशा, आफूमा भएको कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, लगायत विवरण भर्नुपर्दछ ।