अब काठमाडौं उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएसँगै फेरि काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । अब उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।

 

आइतबार बसेको काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।

 

अब काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ ।

 

साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ । परीक्षण गर्दा नेगेटिभ देखिए पनि शंकास्पद कोरोनाका लक्षण देखिएमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ ।

 

यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ–आफ्नो नगरपालिका भित्र एक/एक वटा आइशोलेसन र क्वारेन्टाइनको व्‍यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

 

नेप्सेले  फेरि बनायो अलटाइम हाइको रेकर्ड, अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता Read Previous

नेप्सेले फेरि बनायो अलटाइम हाइको रेकर्ड, अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता

नयाँ नियम अनुसार ट्रायल दिँदा केमा फेल भए कति नम्बर काटिन्छ ? यस्तो छ अंकभार Read Next

नयाँ नियम अनुसार ट्रायल दिँदा केमा फेल भए कति नम्बर काटिन्छ ? यस्तो छ अंकभार