खाद्य स्वच्छता नीति बनाउँदै विभाग, १८१ खाद्य वस्तु आयात गर्न अस्वीकृत

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता नीति ल्याउने तयारी गरेको छ । विभागकी महानिर्देशक मतिना जोशी वैद्यका अनुसार खाद्य स्वच्छता नीतिको ड्राफ्ट तयार हुने क्रममा रहेको छ ।

 

उनले आज आयोजीत पत्रकार सम्मेलनमा बोल्दै खाद्य स्वच्छता नीति बन्ने तयारीमा रहेको बताएकी हुन् ।

 

‘हामी खाद्य स्वक्षत नीतिको ड्राफ्ट बनाउदै छाैँ र, त्यसलाई चाँडै कार्यान्वयनमा समेत ल्याउने छौँ,’ महानिर्देशक बैद्यले बताइन् ।

 

यससँगै स्ट्रिट फुडको निर्देशीका समेत तयार हुने क्रममा रहेको जानकारी दिएकी छन् । हाल स्ट्रिट फुडको निर्देशिकाको ड्राफ्ट मात्र तयार भएको उनले बताइन् । त्यसलाई कानुनमा बुझाइएको छ । सो ड्राफ्ट कानुनबाट आएपछि त्यसको कार्यान्वयनलाई अघि बढाइने उनले बताइन् ।

 

१ सय ४८ मुद्दा दायर

 

आर्थिक वर्ष २०७५र७६ मा १ सय ४८ मुद्दा दायर भएका थिए । सो मुद्दा मध्ये पिउने पानी, तेल, दाना तथा खाद्य पदार्थमा सबैभन्दा बढी मुद्दा परेका थिए ।

 

पिउने पानीका ३९ मुद्दा, खाद्य तेलका २९ मुद्दा, दाना तथा अन्य खाद्यका ६ मुद्दा परेको विभागले जानकारी दिएको छ ।

 

उक्त मुद्दा मध्ये ४२ मुद्दा दूषितका, ८३ मुद्दा न्यून गुणस्तरका तथा बाँकी लेबल नमिलेका र निर्देशीका उलंघन भएको परेको जनाइएको छ ।

 

१ सय ८१ खाद्य वस्तु आयात अनुमती अस्वीकृत

 

खाद्य विभागले १ सय ८१ खाद्यवस्तु आयात अनुमती अस्वीकृत गरेको छ । विभागले विभिन्न खाद्य वस्तुहरु आयात पूर्व आयात स्वीकृती दिएर मात्र आयात अनुमती दिने गरेको छ ।

 

सो क्रममा २०७५/७६ सालमा १८ हजार ५ सय ९७ आयात अनुमति जारी गरिएको मध्ये १ सय ८१ खाद्य वस्तुको अनुमती अस्वीकृत गरेको हो ।

 

बढी जसो मसलाजन्य पदार्थ खाद्यन्न, फलफूल लगायतलाई अनुमती प्रदान गरिएको विभागले जानकारी दिएको छ ।

 

दूध, दूग्ध जन्य पदार्थ, तेल, चिनी, पेय पदार्थ, सुपाडी लगायतका खाद्यवस्तु आयात अनुमती अस्वीकृत गरिएको हो ।

 

गत आर्थिक वर्षमा नेपालमा आयात हुने खाद्य पदार्थहरुको गुणस्तर प्रमाणीकरणका क्रममा ४५ हजार ३ सय ४४ नमूना जाँच गरिएको थियो । सो मध्ये ६६ नमूनाहरु मापदण्ड विपरित पाइएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।

सहकारीको ब्याजदर राष्ट्र बैंकले तोक्न नसक्ने,  २३ प्रतिशतसम्म  ब्याज असुल्दै Read Previous

सहकारीको ब्याजदर राष्ट्र बैंकले तोक्न नसक्ने, २३ प्रतिशतसम्म ब्याज असुल्दै

ज्योति विकास बैंक र आइएमई–पेबीच डिजिटल भुक्तानी सम्झौता Read Next

ज्योति विकास बैंक र आइएमई–पेबीच डिजिटल भुक्तानी सम्झौता