युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ।

 

आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका खतिवडालाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दोस्रोपटक अर्थमन्त्री भएका खतिवडाले ३० महिने कार्यकाल बिताएर भदौ २० गते पदबाट राजीनामा दिएका थिए ।

 

प्रधानमन्त्री ओलीले खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहे पनि नेकपा स्थायी समिति बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि खतिवडा बाहिरिन बाध्य भएका थिए ।

 

खतिवडा पहिलोपटक २०७४ फागुनमा अर्थमन्त्री भएका थिए । राष्ट्रिय सभाको २ वर्षे कार्याकाल सकिएपछि गत फागुनमा राजीनामा दिएका थिए । प्रधानमन्त्रीले खतिवडालाई संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने व्यवस्था अनुसार राजीनामा दिएकै भोलिपल्ट पुनः अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।

 

नेपाल राष्ट्र बैंकको अधिकृतबाट करियर शुरु गरेका खतिवडा राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्री जस्ता महत्वपूर्ण लाभको ग्रहण गर्न सफल भएका थिए ।

 

आजै बसेको मन्त्रिपरिषदको बैठकले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

बैंक अफ काठमाण्डूद्वारा लाभांश घोषणा, बोनस र नगद कति Read Previous

बैंक अफ काठमाण्डूद्वारा लाभांश घोषणा, बोनस र नगद कति

भायनेटले ल्यायो चाडपर्व अफर Read Next

भायनेटले ल्यायो चाडपर्व अफर