काठमाडौंमा ४६४ सहित थप १०८१ जनामा कोरोना पुष्टि, ९१८ डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १६७ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ४६४ सहित देशका विभिन्न जिल्लाका १०८१ जनामा कोरोना पुष्टि भएको हो ।

 

बुधबार काठमाडौंमा ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा थप ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ Read Previous

सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुने, अब के गर्न पाइन्छ, के गर्न पाइँदैन ? Read Next

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुने, अब के गर्न पाइन्छ, के गर्न पाइँदैन ?