काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ३५४ सहित देशका विभिन्न जिल्लाका ९८० जनामा कोरोना पुष्टि भएको हो ।
आइतबार काठमाडौंमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप १८१४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २८ हजार ९४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।