कोरोना विरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

चीनमा बनाएईको कोरोना भाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ ।

 

अधिकारीहरुले दिएको जानकारी अनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।

 

कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, यूएई, मोरोक्को, पेरु, अर्जेन्टिना लगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ ।

 

चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तेस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।एजेन्सी

काठमाडौंमा ३५४ सहित थप ९८० जनामा कोरोना पुष्टि, १८१४ डिस्चार्ज, ९ जनाको मृत्यु Read Previous

काठमाडौंमा ३५४ सहित थप ९८० जनामा कोरोना पुष्टि, १८१४ डिस्चार्ज, ९ जनाको मृत्यु

अमेजनले विदेशी बीउको बिक्रीमा लगायो प्रतिबन्ध Read Next

अमेजनले विदेशी बीउको बिक्रीमा लगायो प्रतिबन्ध