काठमाडौंमा ४४५ सहित अहिलेसम्मकै धेरै जनामा कोरोना पुष्टि, ९१७ डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४१७ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ४४५ सहित देशका विभिन्न जिल्लाका १२२८ जनामा कोरोना पुष्टि भएको हो ।

 

बिहीबार काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा थप ९१७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २४ हजार २०७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

यसकारण आकाशिँदै छ तरकारीको भाउ, कात्तिकदेखि मात्र घट्ने अनुमान Read Previous

यसकारण आकाशिँदै छ तरकारीको भाउ, कात्तिकदेखि मात्र घट्ने अनुमान

जारी भएको ४ वर्षपछि अलैँचीको ‘ट्रेडमार्क’ कार्यान्वयनमा आउँदै, तीन गुणस्तरमा वर्गीकरण Read Next

जारी भएको ४ वर्षपछि अलैँचीको ‘ट्रेडमार्क’ कार्यान्वयनमा आउँदै, तीन गुणस्तरमा वर्गीकरण