थप ५९४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे २५ हजार पुग्यो, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लाका ५९४ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप २४० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १७ हजार ७७ पुगेको छ ।

 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

युवाको क्षमता अभिवृद्धिका लागि सातै प्रदेशमा  नवप्रद्र्धन केन्द्र स्थापना गरिँदै Read Previous

युवाको क्षमता अभिवृद्धिका लागि सातै प्रदेशमा नवप्रद्र्धन केन्द्र स्थापना गरिँदै

किसान क्रेडिट कार्ड बनाउने काम अन्तिम चरणमा, तर अहिलेसम्म वास्तविक किसानको तथ्यांक नै छैन Read Next

किसान क्रेडिट कार्ड बनाउने काम अन्तिम चरणमा, तर अहिलेसम्म वास्तविक किसानको तथ्यांक नै छैन