काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ९० सहित देशका विभिन्न जिल्लाका ३८० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १६ हजार ३५३ पुगेको छ ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।