थप १४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो, एकैदिन १७०५ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लामा थप १४४ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ५ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १७०५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १० हजार २९४ पुगेको छ ।

 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३८ जनाको पुगेको छ ।

२ वर्षपछि बैंकहरुको भद्र सहमति खारेज, अब निक्षेपको ब्याजदर आफै तोक्ने Read Previous

२ वर्षपछि बैंकहरुको भद्र सहमति खारेज, अब निक्षेपको ब्याजदर आफै तोक्ने

७५३ स्थानीय तहलाई पुनर्कर्जा दिने राष्ट्र बैंकको तयारी Read Next

७५३ स्थानीय तहलाई पुनर्कर्जा दिने राष्ट्र बैंकको तयारी