काठमाडौंमा ४२ सहित थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४२ सहित देशका विभिन्न जिल्लामा थप ११८ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ५ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १२० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई ८ हजार ११ जना घर फर्केका छन् ।

 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३५जनाको पुगेको छ ।

भदौदेखि ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा आउने Read Previous

भदौदेखि ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा आउने

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सले मात्र दियो निवेदन Read Next

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सले मात्र दियो निवेदन