काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लामा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि भएको हो ।
अहिलेसम्म देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ६ हजार १४३ जना कोरोना संक्रमित निको भइसकेका छन् ।
कोरोनाका कारण आज थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।