थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो, एकैदिन ४२६ निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ४३४ जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

 

पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म २ हजार ६५० जना कोरोना संक्रमित निको भइसकेका छन् ।

 

आज थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

चोभार सुख्खा बन्दरगाह निर्माणमा ढिलाइ, अहिलेसम्म कति भयो काम Read Previous

चोभार सुख्खा बन्दरगाह निर्माणमा ढिलाइ, अहिलेसम्म कति भयो काम

यसवर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशत ऋणात्मक हुने, कुन देशको कति Read Next

यसवर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशत ऋणात्मक हुने, कुन देशको कति