थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो, एकैदिन १९४ निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ४२१ जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

 

पछिल्लो २४ घण्टामा १९४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १ हजार ७७२ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरले न्यून आय भएकालाई स्वरोजगार तालिम दिने, सहुलियतपूर्ण ऋणको पनि व्यवस्था Read Previous

काठमाडौं महानगरले न्यून आय भएकालाई स्वरोजगार तालिम दिने, सहुलियतपूर्ण ऋणको पनि व्यवस्था

मौद्रिक नीति ‘थ्रि आर’मा आधारित रहेर आउनु पर्छ : उद्यमी सौरभ ज्योतिको विचार Read Next

मौद्रिक नीति ‘थ्रि आर’मा आधारित रहेर आउनु पर्छ : उद्यमी सौरभ ज्योतिको विचार