अब राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

"विहे, व्रतबन्धमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने"

काठमाडौं । अब राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने भएको छ ।

 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको हो ।

 

सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड-२०७७’ जारी राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन र पैदल हिँड्न रोक लगाएको हो ।

 

जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णयगरेसँग राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि थप कडाई गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

 

मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

 

सरकारले असार १ गतेदेखि सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ ।

 

मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ । उद्योग/कलकारखाना लगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

 

यसै गरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ ।

 

मापदण्ड उल्लङ्घन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

 

बोइलर कुखुरा : उपभोक्ता र किसानलाई मारैमार, बिचौलियालाई फाइदै फाइदा Read Previous

बोइलर कुखुरा : उपभोक्ता र किसानलाई मारैमार, बिचौलियालाई फाइदै फाइदा

पौने २ खर्बभन्दा बढी लगानी स्वीकृत, हाइड्रोमा मात्र १ खर्ब ३७ अर्ब Read Next

पौने २ खर्बभन्दा बढी लगानी स्वीकृत, हाइड्रोमा मात्र १ खर्ब ३७ अर्ब