कोरोना संक्रमित ह्वात्तै बढेपछि दिल्लीमा रेलका डिब्बालाई आइसोलेसन वार्ड बनाइँदै

भारतको दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गर्ने भएको छ ।

 

दिल्ली सरकारले यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु सोमबारदेखि बन्द गरिएको छ ।

 

दिल्ली सरकारले यो कुराको जानकारी दिएको हो । दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरबिन्द केजरिवालले सोमबारबाट उक्त क्षेत्रका रेलहरुलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिए ।

 

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको बताइएको छ । यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो ।

 

मुख्यमन्त्री केजरीवालले जवाहरलाल नेहरू रंगशालालाई क्वारेन्टाइन सेन्टर बनाउने बताएका थिए । रंगशालाहरुलाई पनि क्वारेन्टाइन र उपचार केन्द्र बनाएर विदेशबाट आउने नागरिकलाई त्यहाँ राख्ने निर्णय गरिएको जनाएको थियो ।

 

सोमबार दिइएको समाचार अनुसार भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडी दिल्ली सरकारलाई दिने निर्णय भएकोले सो उपलब्ध गराउने जनाइएको छ । यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिने छ ।

 

ती रेलका डिब्बाहरुमा आइसोलेसनका श्ययाहरु बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ । जसका कारण यहाँ हजारौँ मानिसलाई राख्न सकिने छ । यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ ।

 

एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ । भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो । तर यहाँ कारोना भाइरस संक्रमण भने बढेको त्यहाँका अधिकारीले बताएका छन् । अहिलेसम्म भारतमा यो भाइरसका संक्रमितहरुको संख्या ३ लाख नाघिसकेको छ ।

 

त्यस्तै यो महामारीबाट ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय राज्यहरूले भाइरसको सम्भावित प्रकोपसँग जुध्न रेल सेवालाई पनि अस्थायी अस्पताल बनाउन सुरु गरेका छन् ।

 

भारतमा कोरोना भाइरसबाट हुने श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्याको उपचारका लागि आवश्यक भेन्टिलेटर, चिकित्सक तथा आवश्यक औषधि-उपकरणको अभाव भएको बताइएको छ । एजेन्सी

कर्णाली प्रदेशले ल्यायो आगामी वर्षका लागि ३३ अर्ब ७४ करोडको बजेट Read Previous

कर्णाली प्रदेशले ल्यायो आगामी वर्षका लागि ३३ अर्ब ७४ करोडको बजेट

लगानीकर्ता भन्छन् : सरकार र लगानीकर्ताका नाममा खुलेका संघले सेयर बजार डुबाउने भए Read Next

लगानीकर्ता भन्छन् : सरकार र लगानीकर्ताका नाममा खुलेका संघले सेयर बजार डुबाउने भए