वेलायतलाई उछिन्दै ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशको सूचीमा दोस्रोमा

काठमाडौं । ब्राजिल कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै व्यक्ति मृत्यु हुने देशको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।

 

युरोपकै सबैभन्दा धेरै मृत्युहुने देशको पहिलो स्थानमा रहेको बेलायतलाई उछिन्दै ब्राजिल दोस्रो स्थानमा पुगेको हो । ब्राजिल सबैभन्दा धेरै व्यक्ति संक्रमित रहेको देशको पनि दोस्रो स्थानमै रहेको छ ।

 

अमेरिका सबैभ्न्दा धेरै संक्रमित र मृत्यु हुने दुवैमा विश्वमै पहिलो स्थानमा छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ४१ हजार ८२८ संक्रमितको ज्यान गइसकेको छ । बेलायतमा ४१ हजार ५६६ संक्रमितको ज्यान गएको जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ हजार ९८२ संक्रमित थपिएका छन् र अब कुल संक्रमित संख्या ८ लाख २८ हजार ८१० पुगेको छ ।

असार १ गतेदेखि उपत्यकाका सपिङ मल खोल्ने व्यवसायीको निर्णय Read Previous

असार १ गतेदेखि उपत्यकाका सपिङ मल खोल्ने व्यवसायीको निर्णय

सरकारले सार्वजनिक गर्‍यो कोरोना नियन्त्रणमा भएको खर्च विवरण, केमा कति भयो खर्च (विवरणसहित) Read Next

सरकारले सार्वजनिक गर्‍यो कोरोना नियन्त्रणमा भएको खर्च विवरण, केमा कति भयो खर्च (विवरणसहित)