मोटरसाइकलमा जोर-बिजोर प्रणाली लागू नहुने

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै आजदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू भएको छ । यससँगै उपत्यका भित्र मोटरसाइकलमा भने जोर विजोर प्रणाली लागू नहुने भएको छ ।

 

आजदेखि काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाभित्र मात्र निजी सवारी साधन जोर-बिजोर प्रणालीमा चलाउन पाइने भएको छ।

 

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको हो। एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार सञ्चालन हुने जोर-बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने कुरा जानकारी दिए ।

 

चार पांग्रे निजी सावारीसाधनमा जोर बिजोर प्रणाली लागू हुनेछ भने दुई पांग्रे निजी सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । मोटरसाइकलमा चालकमात्रै बस्न पाइनेछ ।

टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह Read Previous

टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

कोरोना भाइरसले ल्यायो पारले-जी बिस्कुटको बिक्रीमा उछाल, ८२ वर्ष यताकै धेरै बिक्री Read Next

कोरोना भाइरसले ल्यायो पारले-जी बिस्कुटको बिक्रीमा उछाल, ८२ वर्ष यताकै धेरै बिक्री