काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीलाई आज संसदमा छलफलका क्रममा सांसदहरुले प्रश्नहरुको वर्षात गरेका छन् ।
सांसदहरुले सरकारको मिलोमतोमा चक्लेटको भन्सार छुट गर्नुका साथै कोरोनाको यस्तो प्रकोपमा समेत भ्रष्टाचार हुन गएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
सांसद डा.अम्रेश कुमार शिंहले सरकारको मिलोमतोमा चक्लेटको भन्सार छुट गरिएको र विद्युतीय सवारीमा कर बढाइएको भन्दै मन्त्रीसँग स्पष्टिकरण माग गरेका हुन् ।
यस विषयमा प्रधानमन्त्री ओलीले यो विषय अर्थमन्त्रीको भएको भन्दै यसमा केही बोल्न नचाहेको बताएका थिए ।
यस्तै सांसद प्रकाशमान शिंहले कोभिड १९ को समयमा समेत स्वास्थ्य सामग्री आयातका क्रममा भ्रष्टचार हुन गएको बताएका थिए । त्यो काम सेनालाई भ्रष्टचारतर्फ मुछ्न खोजेको बताए । १० करोड बजेट कहाँ केमा खर्च भयो त्यसको समेत स्पष्टिकरण माग गरिएको थियो ।
सांसद दुर्गा पौडेलले एमसीसी लाई बजेटमा कि घुसाइएको भन्दै प्रश्न गरेकी थिइन । सांसद प्रदिप यादवले कोरोनाको उचारका लागि सरकारले १० अर्ब खर्च भएको भनेकोमा त्यो रकम के–के मा खर्च भयो त्यो भन्न अनुरोद गरेका थिए ।
यस्तै कोरोना भाइसरको प्रकोपका क्रममा भ्रष्टचार हुनु र सरकारले त्यसलाई ढाकछोप गर्न खोजिएको भनदै सांसदहरुले आक्रोस व्यक्त गरेका थिए ।
लिपुलेक, कालापानी, लिम्पुयाधुराको विषयमा छिटो भारतसँग छलफल गर्नुपर्ने विषयलाई समेत सरकारले प्राथमिकता नदिएको भन्दै प्रश्न उठेको थियो ।
सरकारले भारतबाट आएकाहरुका लागि क्वारेन्टाइनको व्यवस्था नगरिएको भन्दै सांसद लक्ष्मी परियारले बताइन । भारतबाट आएकालाई नल्याउन खोनेको हो कि भन्ने आशंका रहेको उनले बताइन ।
यस्तै कोरोना परीक्षणको दायरा समेत बढाउनु पर्नेमा जोड दिइएको छ । कोरोना भाइरसको जस्तो प्रकोपको समयमा भ्रष्टचार नगरी सक्दो धेरै सामग्री खरिद गरी देशभरका मानिसहरुको कोराना पक्षिण गर्न माग गरिएको थियो ।
प्रधानमन्त्रीले भ्रष्टाचार नभएको बताएका छन् । ‘यो भ्रम मात्र हो, हामी भ्रष्टाचार हुन दिँदैनौँ र भ्रष्टचार गर्न पनि दिदैनौँ’ प्रधानमन्त्ती ओलीले भने ।