काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३१ महिला र २९२ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।
नेपालमा हालसम्म ५८४ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १५ जनाको मृत्यु भएको छ ।