नापी कार्यालय भक्तपुरका सर्वेक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दायर, साढे ५ करोडको बिगो दाबी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

 

अख्तियारले मंगलबार काफ्लेविरूद्ध २०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबर भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएको हो।

 

उनलाई २ वर्षसम्म कैद र विगो बमोजिम जरिवाना माग गरिएको छ। अख्तियारले उनको र उनकी श्रीमतीको नाममा रहेको जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि माग गरेको छ ।

 

सरकारी सेवाको २२ वर्ष अवधि र अरू सम्पत्ति गरी उनको वैध आय जम्मा १ करोड १७ लाख ४१ हजार हुने पनि अख्तियारले जनाएको छ। तर काफ्लेले आफ्नो हैसियतभन्दा पनि धेरै जग्गा जमिन खरिद गर्ने, महँगोमा खरिद गरेर कम मूल्यका कागजात बनाउने, र श्रीमतीको नाममा सम्पत्ति थुपार्ने गरेको भन्दै उजुरी परेको थियो।

मेलम्चीको पाइप जडान र रिजर्भ ट्यांकी निर्माण सम्पन्न, पानी आउन भने अझै समय लाग्ने Read Previous

मेलम्चीको पाइप जडान र रिजर्भ ट्यांकी निर्माण सम्पन्न, पानी आउन भने अझै समय लाग्ने

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो Read Next

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो