थप २१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

पछिल्लो एक सातादेखि लगातार हरेक दिन २०० भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

नेपालमा हालसम्म ४७६ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १३ जनाको मृत्यु भएको छ ।

खतिवडा 'मुन्सी' हुन्, उनको ध्यान खातापातामा मात्र छ : गगन थापा Read Previous

खतिवडा 'मुन्सी' हुन्, उनको ध्यान खातापातामा मात्र छ : गगन थापा

अनलाइन सपिङमा ठगी बढ्दो, कारबाहीको दायरामा ल्याउन कानून बनाइँदै Read Next

अनलाइन सपिङमा ठगी बढ्दो, कारबाहीको दायरामा ल्याउन कानून बनाइँदै