उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस

काठमाडौं ।  उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित सरोकारवाको बैठले लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति समक्ष सिफारिस गरेको छ ।

 

बिहीबार जिल्ला समन्वय समिति काठमाडौंमा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओसहितको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा  लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

 

उपत्यका व्यवसायीले लकडाउनको अवज्ञा गर्दै आजदेखि पसलहरु खोल्न थालेपछि त्यसलाई सहजीकरण गर्न तीनवटै जिल्लाका सीडीओहरु सकारात्मक भएका हुन् ।

 

बैठकले गरेको निर्णय उच्चस्तरीय समितिमा पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जिम्मा दिइएको छ ।

 

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन पटक पटक म्याद थप्दै जेठ ३२ गतेसम्म लम्ब्याएको छ । लकडाउनले गर्दा दैनिक जीविका चलाउनसमेत गाह्रो भएको भन्दै व्यावसायीहरुले बुधबार लकडाउन उल्लंघन गर्दै व्यापार, व्यावसाय सञ्चालन गर्ने निर्णय गरेका थिए ।

 

व्यावसायीले लकडाउन अवज्ञा गर्दै पसल खोल्न थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासन बाध्य भएर लकडाउन खुकुलो बनाउन तयार भएका हुन् ।

जयनगर-जनकपुर रेलको डिब्बा पटनामै अड्कियो,  आगामी वर्षदेखि सञ्चालनमा आउने Read Previous

जयनगर-जनकपुर रेलको डिब्बा पटनामै अड्कियो, आगामी वर्षदेखि सञ्चालनमा आउने

थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ सय पुग्यो Read Next

थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ सय पुग्यो