थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ सय पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

एकै दिन ३ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो पहिलो पटक हो ।

 

नेपालमा हालसम्म २९० जना कोरोना संक्रमित निको भइसकेका छन् भने १० जनाको मृत्यु भएको छ ।

 उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस Read Previous

 उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस

नेपालमा बनाइएको कोरोना विरुद्ध खोपमा डब्ल्यूएचको चासो Read Next

नेपालमा बनाइएको कोरोना विरुद्ध खोपमा डब्ल्यूएचको चासो