काठमाडौं । नेपालमा शनिबार एकैदिन थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो । एकै दिन १ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार चौथो दिन हो ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा १०९, सर्लाहीमा १७, सिराहामा ११, सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६, महात्तरीमा ४, पर्सामा २, दैलेखमा १४, दाङमा ५, संखुवासभामा २, बारा, झापा र ललितपुरमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मनत्रालयका अनुसार हालसम्म नेपालका सातै प्रदेशका ५३ जिल्लामा कोरोना फैलिसकेको छ ।
नेपालमा हालसम्म २१९ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।