काठमाडौं । नेपालमा बिहीबार एकैदिन थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १०४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।
नेपालमा हालसम्म १९० जना कोरोना संक्रमित निको भइसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।