काठमाडौंमा १ सहित थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि एको छ । योसँगै संक्रमितको संख्या ५४८ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, सर्लाहीमा १४, रुपन्देही ८ र काठमाडौं, बारा र चितवनका एक/एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, प्रादेशिक प्रयोगशाला, भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

 

नेपालमा हालसम्म ७० जना कोरोना संक्रमित निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

लकडाउनका बीच धमाधम तार भूमिगत गर्दै प्राधिकरण, २६ किलोमिटर तार बिछ्याइयो Read Previous

लकडाउनका बीच धमाधम तार भूमिगत गर्दै प्राधिकरण, २६ किलोमिटर तार बिछ्याइयो

कोरोना बीमालेख परिमार्जन, विदेशबाट आएकाले १ महिनापछि मात्र पोलिसी किन्न पाउने Read Next

कोरोना बीमालेख परिमार्जन, विदेशबाट आएकाले १ महिनापछि मात्र पोलिसी किन्न पाउने