लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो ।

 

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र तथा सङ्घीयतानुरुप
७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह समेटिएको छ ।

 

सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरेकी हुन् । सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।

 

सरकारले सो नक्साका आधारमा निशानछाप र प्रतीकचिन्हसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरिएको छ ।

प्रभु बैंक ३ दिन बन्द हुने Read Previous

प्रभु बैंक ३ दिन बन्द हुने

पोखरा विमानस्थलको निर्माण सामग्री कलकत्ता र केरुङमै अड्कियो, नेपाली सिमेन्ट प्रयोग गरिँदै Read Next

पोखरा विमानस्थलको निर्माण सामग्री कलकत्ता र केरुङमै अड्कियो, नेपाली सिमेन्ट प्रयोग गरिँदै