कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित 

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ९६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासी नेपाली संघ (एनआरएन) का अनुसार शनिबार बेलुकासम्म ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीको मृत्यु भएको छ भने ७ हजार ६२ जना नेपाली विश्वका १९ देशमा रहेको एनआरएनले जानकारी दिएको हो ।

 

एनआरएनए स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १५ नेपालीले ज्यान गुमाएका छन् ।

 

त्यस्तै युएईमा ९ र साउदी अरबमा २ नेपालीको मृत्यु भएको छ । आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र नेपाल प्रत्येक देशमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समिति संयोजक डा। संजीव सापकोटाले जानकारी दिएका छन् ।

 

कोरोना भाइरसका कारणले यो साता मात्र नेपालमा एक जनासहित १८ जनाले ज्यान गुमाए । सो साता बेलायतमा १२, युएईमा तीन, साउदी अरबमा दुई र नेपालमा एक जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार पाँच सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार  २२१, बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् ।

 

यसैगरी, साउदी अरबमा छ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

 

संयोजक डा। सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार सात सय ८१ गैरआवासीय नेपाली कोरोना भाइरसबाट संक्रमित छन् भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन् ।

 

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।

नेपालमा कोरोनाबाट पहिलो मृत्यु Read Previous

नेपालमा कोरोनाबाट पहिलो मृत्यु

सेनाले चीनबाट ल्याएको १० कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो Read Next

सेनाले चीनबाट ल्याएको १० कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो