नेपालमा कोरोनाबाट पहिलो मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण पहिलोपटक एक जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

 

धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।

 

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार ती महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई २४ गते डेलेभरी भएर २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक गएकी थिइन् ।

 

उनलाई त्यहाँ ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना बीमाप्रति आकर्षण बढ्दो, एक महिनामै बिक्यो ६० हजार पोलिसी Read Previous

कोरोना बीमाप्रति आकर्षण बढ्दो, एक महिनामै बिक्यो ६० हजार पोलिसी

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित  Read Next

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित