काठमाडौं । अब कोरोना संक्रमित व्यक्ति अस्पतालबाट भागेमा प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ ।जिल्ला प्रशासन कार्यालय, पर्साले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत चलाउन सक्ने अधिकार दिएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको संकट व्यवस्थापन समितिले सुरक्षाकर्मीलाई यस्तो अधिकार दिने निर्णय गरेको हो ।
बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित भागेका भएका थिए । यसरी अब संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च संक्रमित भाग्दा कोरोना संक्रमण धेरै फैलन सक्ने जोखिम बढेकाले सतर्कता अपनाउन प्रशासनले यस्तो निर्णय गरेको हो ।