भक्तपुर नगरपालिकामा कोरोना भाइरस परीक्षण सुरु

काठमाडौं । भक्तपुर नगरपालिकाले सोमबारदेखि कोरोना भाइरस (कोभिड १९) संक्रमण परिक्षण सुरु गरेको छ । नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रले कोरोना भाइरस रोगको परीक्षणर्यापीड डाइग्नोटीक टेष्ट (आरडीटी) सुरु गरेको हो ।

 

संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरुको कोरोना भाइरस परीक्षणलाई नगरपालिकाले बढी महत्व दिएको छ ।

 

सोमबार भक्तपुर नगरपालीका वडा नम्बर १० कमलविनायक सरस्वती विद्यागृहबाट कोरोना भाइरस परीक्षणको सुरु गरिएको हो । एक दिनमा नगरपालिकाले ९ जनाको परीक्षण गरिएको थियो । परिक्षण गरेका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

 

यसैगरी आज (मंगलबार) ११ बजेदेखि २ बजेसम्मम भक्तपुर नपा वडा नम्बर ४ तालाक्व, वडा नम्बर ५ भगवतीस्थान र वडा नम्बर ९ इन्जिनियरिङ कलेजमा कोरोना भाइरस परीक्षण गरिँदै छ ।

 

नगरपालिकाले चैत्र १ गतेपछि भक्तपुर आएका व्यक्तिहरुको आरडीटी परीक्षण हुने जानकारी जनस्वास्थ्य केन्द्रले दिएको छ । यस्तै नगरपालिकाले गत चैत्र १ गतेदेखि विभिन्न देशबाट नेपाल फर्केका भक्तपुर नगरबासीहरुलाई र्यापिड परीक्षण निम्ति सम्बन्धित वडा कार्यालयमा सम्पर्कमा आउन अनुरोध गरेको छ ।

सरकारले रोक्न सकेन मूल्यवृद्धि, काठमाडौंमा सबैभन्दा उच्च Read Previous

सरकारले रोक्न सकेन मूल्यवृद्धि, काठमाडौंमा सबैभन्दा उच्च

'बैंकिङ क्षेत्रमा समस्या परे सहकारीमा पनि समस्या आउँछ' Read Next

'बैंकिङ क्षेत्रमा समस्या परे सहकारीमा पनि समस्या आउँछ'