काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनका २ जना र उदयपुरका १२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
शुक्रबार थपिएका मध्ये उदयपुरका मात्रै १२ पुरुष रहेका छन् । उनीहरु मध्ये केही भारतीय रहेको बताइएको छ । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन् भने चितवनका ६३ वर्षीय महिला र २७ वर्षीय पुरुष छन् ।
उनीहरु सबैको सुरुको र्यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो भने टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ ।
नेपालका ३० जना संक्रमितमध्ये हाल १ जना निको भइसकेका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।