काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या संख्या डेढ लाख नाघेको छ । संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण २१० देशमा फैलिसकेको छ भने संक्रमितको संख्या २२ लाख ५० हजार ११९ पुगेको छ।
यसैबीच कोरोना संक्रमितमध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ। हाल विश्वका विभिन्न अस्पताल र घरमै बसी १५ लाख २४ हजार ३ सय १ जना कोरोना संक्रमित उपचाररत छन्। उपचाररतमध्ये ५६ हजार ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र १४ लाख ६७ हजार ३३८ जनाको अवस्था सामान्य रहेको छ।
कोरोनाबाट सबैभन्दा क्षति अमेरिकाले व्यहोरेको छ । शनिबार बिहानसम्म अमेरिकामा ३७ हजार १५८ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ७ लाख १० नाघेको छ । यो विश्वकै कुल संक्रमितको ३१ प्रतिशत हो ।
यस्तै कोरोनाबाट दोस्रो धेरै ज्यान गुमाउनेमा इटली छ । हालसम्म इटलीमा कोरोनाबाट २२ हजार ७४५जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १ लाख ७२ हजार पुगेको छ ।
यस्तै कोरोनाबाट युरोपेली देशहरु स्पेन, फ्रान्स, वेलायत, जर्मनी पनि अति प्रभावित भएका छन् । हालसम्म स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६८१ र वेलायतमा १४ हजार ५७६ को ज्यान गइसकेको छ ।
