काठमाडौैं । सर्वोच्च अदालतले लकडाउनका बीच आफ्नो घर हिँडेर बाटोमा अलपत्र परेका नागरिकहरुलाई तत्काल गन्तव्यमा पुर्याउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उनीहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न र उनीहरुलाई कुनै अवरोध नगर्न सरकारलाई आदेश दिएको हो ।
सर्वोच्चको आदेश अनुसार अब सरकारले उनीहरुलाई निः शुल्क रुपमा गन्तव्यसम्म पुर्याउनुपर्नेछ ।