काठमाडैं । अब परिवारका सदस्यको मलामी जाने व्यक्तिहरू बाहेकले अरुले सवारी पास नपाउने भएका छन्।
लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास लिन कार्यालयमा भीडभाड बढ्न गई लकडाउन नै उल्लघंन हुने अवस्था सृजना भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालद्धारा जारी सूचनामा परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा उल्लेख छ।
‘सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।
