२ जना कोरोना संक्रमित भेटिएको सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्‍यापिड टेस्ट (आरडीटी) सुरु गरिएको छ ।

 

अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण भइरहेको छ ।

 

अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरुलाई प्राथमिकता दिइएको नगर प्रमुख कृष्णहरी थापाले बताए। स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट आइपुगेको थियो ।

 

नगरपालिकामा रहेका स्वास्थ्यकर्मी पनि सहभागी रहेको नगरपालिकाले जनाएको छ । बढी आवश्यक देखिएका व्यक्तिको पहिले परीक्षण भएपछि सङ्क्रमित व्यक्ति बस्दै आएको ‘ए ब्लक’ मा बसोबास गर्नेहरुको परीक्षण हुनेछ । उनले भने, ‘त्यसपछि अरू ब्लकको पनि परीक्षण गरिनेछ ।’

 

अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन् । अपार्टमेन्ट नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको प्रमुख थापाले बताए।

 

अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुनेछ ।

सवारी पासमा कडाइ, अब मलामी जाने बाहेक अरुले नपाउने Read Previous

सवारी पासमा कडाइ, अब मलामी जाने बाहेक अरुले नपाउने

राष्ट्र बैंकले तोक्यो ३ जना सम्पर्क व्यक्ति, कस्तो समस्या पर्दा कसलाई सम्पर्क गर्ने (फोन नं.सहित) Read Next

राष्ट्र बैंकले तोक्यो ३ जना सम्पर्क व्यक्ति, कस्तो समस्या पर्दा कसलाई सम्पर्क गर्ने (फोन नं.सहित)