नेपालमा थप २ जनामा कोरोना भेट्टियो, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या १४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भएको परीक्षणमा कैलाली लम्कीकी ६५ वर्षीय महिला र रौतहटका एक १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यी दुवैजना क्वारेन्टाइनमा बसेका थिए ।

 

रौतहटमा भेटिएका कोरोना संक्रमित १९ वर्षीय पुरुषलाई नारायणी अस्पतालमा र कैलालाकी ६५ वर्षीय महिलालाई सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

 

यसअघि वीरगन्जमा रहेका ३ जनामा कोरोना देखिएको थियो । नेपालमा १४ जना संक्रमितमध्ये हाल १ जना निको भइसकेका छन् भने अन्य उपचाररत छन् ।

बैंकिङ क्षेत्र वर्ष २०७६ : ह्याकरको बिगबिगी, बिग मर्जरको शुरुवात Read Previous

बैंकिङ क्षेत्र वर्ष २०७६ : ह्याकरको बिगबिगी, बिग मर्जरको शुरुवात

विस्तारकारी वित्तीय नीति अवलम्बन गर्न परिसंघको माग Read Next

विस्तारकारी वित्तीय नीति अवलम्बन गर्न परिसंघको माग