नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । वीरगञ्जमा रहेका तीन भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनअघि भारतको दिल्लीबाट आएका १ जना र उत्तरप्रदेशबाट आएका २ जनामा कोरोना पुष्टि भएको हो ।

 

योसँगै नेपालमा नै कोरोना भाइरस संक्रमण देखिनेको संख्या १२ पुगेको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने अन्यको विभिन्न अस्पतालको आइशोलेशनमा उपचाररत छन् ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमूना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यसअघि उनीहरुको वीरगञ्जबाट नमूना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

 

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

 

भारतबाट आएका उनीहरु वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका थिए। उनीहरुको त्यहीँबाट नमूना परीक्षण गरिएको हो। उनीहरुसँगै २४ जना भारतीय नेपाल आएका थिए। २४ जनामध्ये ३ जनामा कोरोना संक्रमण देखिएको हो।

 

नेपालमा सबैभन्दा पहिला गत माघ १० गते चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। हाल उनी उपचारपछि निको भइसकेका छन्।

४ लाखभन्दा बढी कोरोना संक्रमित निको भए Read Previous

४ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

ग्यासको अभाव हट्यो, आजदेखि भरी सिलिण्डर पाइने Read Next

ग्यासको अभाव हट्यो, आजदेखि भरी सिलिण्डर पाइने