४ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं । कोरोना भाइरसका ४ लाखभन्दा धेरै संक्रमित निको भएका छन् । वर्ल्डोमिटरको तथ्यांक अनुसार अहिलेसम्म विश्वका कुल १७ लाख ८० हजारभन्दा बढी संक्रमित ४ लाख ४ हजार ३२ संक्रमित निको भइसकेका छन् ।

 

अहिलेसम्मको तथ्यांकमा चीनमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजार ५७५ मानिस निको भइसकेका छन् । करिब ८३ हजार संक्रमित रहेको चीनमा अधिकांश मानिस भने निको भएका हुन् ।

 

त्यस्तै स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । तर, यो मुलुकमा अझै ८७ हजारभन्दा धेरै कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् ।

 

जर्मनीमा पनि अहिलेसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । जर्मनीमा समग्र संक्रमितको संख्या पनि १ लाख २५ हजार नाघिसकेको छ । यस्तोमा अझै ६५ हजारभन्दा बढी संक्रमित निको हुन बाँकी छन् ।

 

इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये अब २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् भने चार हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ ।

विश्वका १ अर्ब २५ करोड मानिसको रोजगारी गुम्ने खतार, १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण Read Previous

विश्वका १ अर्ब २५ करोड मानिसको रोजगारी गुम्ने खतार, १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो Read Next

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो