काठमाडौं । सरकारले भोलि र पर्सि उपत्यका बाहिर जाने सार्वजनिक यातायात चलाउन दिने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको कोरोना रोकथाम तथा समन्वय समितिको बैठकले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकालाई उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेपछि सरकारले काठमाडौं उपत्यकामा अलपत्र परेकाहलाई स्थानीय तहसँग समन्वय गरी सुरक्षाकर्मीले सवारीसाधन स्कर्टिङ गरेर लैजाने व्यवस्था गरेको हो ।
तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन । छोटो दूरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको बताइएको छ ।