काठमाडौंका सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्कने काम तीव्र, आजै १० वटा ट्यांकर छर्किने

काठमाडौं । सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाडौं महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छर्केको छ । तीन वटामध्ये एउटा बबरमहल – बानेश्वर – तीनकुने-सिनामंगल क्षेत्रमा खटिएको थियो ।

 

दोस्रो ट्यांकरबाट जमल -लाजिम्पाट- पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म किटनाशक औषधि छर्किएको थियो । तेस्रोले वसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरी औषधी छर्किएको थियो ।

 

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट््यांकर परिचालन गरिने छ । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

 

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पुर्याउने योजना रहेको छ ।

 

बुधबार वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजार लगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ ।

विशाल ग्रुपले कोरोनाविरुद्ध लड्न १ करोड दिने Read Previous

विशाल ग्रुपले कोरोनाविरुद्ध लड्न १ करोड दिने

कोरोनाले थला परेको अर्थतन्त्र उकास्न अमेरिकाले ल्यायो सवा २ खर्ब डलरको आर्थिक प्याकेज Read Next

कोरोनाले थला परेको अर्थतन्त्र उकास्न अमेरिकाले ल्यायो सवा २ खर्ब डलरको आर्थिक प्याकेज