काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बारे सम्पूर्ण सूचना उपलब्ध गराउन माग गरिएको छ ।
वरिष्ठ अधिवक्ताद्धय बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले मंगलबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज समक्ष प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बारे विस्तृत जानकारी गराउन सूचना माग गरेका हुन् ।
उनीहरूले सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरे बमोजिम सार्वजनिक निकायमा रहेको महत्वपूर्ण सूचना पाउने नागरिकको हक रहेका भन्दै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सम्बन्धी सम्पूर्ण सूचना उपलब्ध गराउन अस्पताल समक्ष माग गरेका हुन् ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको मिति, मिर्गौला दाताको व्यक्तिको विवरण, प्रधानमन्त्री र निजको नाता, मिर्गौला दाता र ग्रहणकर्ताबाट पेश गरिएका दस्तावेज, नाता प्रमाणितको आधार, प्रत्यारोपणमा संलग्न चिकित्सको विवरण उपलब्ध गराउन उनीहरूले अस्पतालसमक्ष माग गरेका छन् ।
