अस्कर्स २०२०: इतिहास रच्दै दक्षिण कोरियाली ‘प्यारासाइट’ बन्याे उत्कृष्ट चलचित्र

दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ ले यो वर्षको अस्कर्समा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ।

 

सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजी बाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो। आज बिहान भएकाे कार्यक्रममा कोरियन भाषामा निर्माण भएको यस चलचित्रले सन् २०२० को बेस्ट फीचर फिल्मकाे अस्कर्स अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो । पहिला देखिनै चर्चामा रहेको प्यारासाइटले उत्कुष्ट चलचित्रसँगै ओरिजनल स्क्रीनप्लेको समेत अवार्ड जीत्न सफल भएको छ ।

 

बेस्ट एक्टरको अवार्ड वाकिन फिनिक्सलाई ‘जोकर’ चलचित्रमा उनले गरेको अभिनयको आधारमा दिईएको छ भने बेस्ट एक्ट्रेसको अवार्ड ‘जूडी’ चलचित्रकी नायिका रेने जेनवेगरले प्राप्त गरेकी छिन् ।

 

बेस्ट अन्तराष्ट्रिय चलचित्रको अवार्ड पनि प्यारासाइटलाई नै प्राप्त भयो । चलचित्र जगतको सवभन्दा ठूलो अवार्ड मानिने अस्कर्स अवार्ड सेराेमनिमा अभिनेता ब्राड पिटले ‘वन्स अपन अ टाइम इन हलीउड’ बाट बेस्ट सपोर्टिङ एक्टरकाे अवार्ड जीत्न सफल भए । त्यस्तै ‘म्यारिज स्टोरी’ बाट लारा डर्नले बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड जितेकी थिइन ।

बेस्ट एनिमेटेड फीचर फिल्मको पुरस्कार ‘टोय स्टोरी–४’ ले प्राप्त गर्न सफल रह्यो भने छोटा एनिमेटेड चलचित्रका लागि दिइने अवार्ड ‘हेयर लव’ले पाएको छ । त्यस्तै अडाप्टेड स्क्रीनप्लेको अवार्ड ‘जोजो र्याबिट’ ले पाएको छ ।

डकुमेन्टी फिचर क्याटोगरीको अवार्ड ‘अमेरिकन फ्याक्ट्रीले पाएको छ । अमेरिकाको लस एन्जलसमा नेपाली समय अनुसार सोमबार विहान पाँच बजेबाट शुरु भएको यो अवार्ड सेरोमनीमा ७ बजेबाट विजेताहरुको नाम घोषणा भएको हो ।

अबको २ पुरातात्विक एवं साँस्कृतिक सम्पदाको पूननिर्माण सकिने दावी Read Previous

अबको २ पुरातात्विक एवं साँस्कृतिक सम्पदाको पूननिर्माण सकिने दावी

अन्नबाली छाडेर कागतीखेती शुरु गर्दै रामपुरका कृषकहरु Read Next

अन्नबाली छाडेर कागतीखेती शुरु गर्दै रामपुरका कृषकहरु